विश्व

भारतीय मिडिया भन्छ : दिल्ली पछि हट्नुपर्छ, नेपालमा वैकल्पिक सरकार आवश्यक

इकागज | बैशाख २९, २०७८

काठमाडौँ : भारतीय सञ्‍चारमाध्यमले नेपालले वैकल्पिक र स्थिर सरकार निर्माणमा जोड दिनुपर्ने टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा विश्‍वासको मत गुमाएपछिको घटनालाई त्यहाँका दैनिक अखबारहरूले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । 

भारतीय राष्ट्रिय दैनिक दी हिन्दूले प्रकाशित गरेको सम्पादकीयमा नेपालको राजनीति वैकल्पिक र स्थिर सरकार निर्माणमा केन्द्रित हुनुपर्ने उल्लेख छ । कोभिड-१९ को आक्रमणबाट थलिएको नेपालले स्थिर सरकार निर्माणमा ध्यान दिनुपर्ने उल्लेख छ । 

भारतको चर्चित दैनिक हिन्दुस्तान टाइम्सले सम्पादकीयमै भारतको सहायता, जसपाबीचको मतभेद र कांग्रेस सभापति शेरबहादुर देउवाको उदासिनताले केपी शर्मा ओली अझै सत्तामा रहने आकलन गरेको छ ।

ओली अल्पसंख्यकका लागि पक्षपाती, आन्तरिक राजनीतिमा निरंकुश र कोभिड व्यवस्थापनमा गैर जिम्मेवार  रहेको सम्पादकीयको ठहर छ । नेपालको राजनीतिमा नयाँ सरकार गठनका लागि दिल्ली सरकार पछि हट्नुपर्ने उसको निष्कर्ष छ । उसले भारतीय सरकारलाई छिमेकी देशको राजनीतिमा हस्तक्षेप नगर्न र सक्दो सहयोग गर्न अपील गरेको छ । 

भारतमा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या साढे दुई लाख नाघ्यो

इकागज | बैशाख २९, २०७८

नयाँ दिल्ली : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट भारतमा ज्यान गुमाउनेको संख्या दुई...

इरानमा कोभिडले अहिलेसम्म एक लाख नर्स सङ्क्रमित, १२० को मृत्यु

इकागज | बैशाख २९, २०७८

तेहरान : इरानमा सन् २०२० को फेब्रुअरीपछि कोभिड-१९ सङ्क्रमिणका कारण एक लाखभन्दा बढी नर्स सङ्क्रमित भएको इर...

राष्ट्रसंघ सुरक्षा परिषद्‍द्वारा कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

इकागज | बैशाख २८, २०७८

राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनि...

असमको १५ औँ मुख्यमन्त्रीको रूपमा हिमन्त विश्व शर्माले सपथ ग्रहण

इकागज | बैशाख २८, २०७८

गुवाहाटी : भारतीय जनता पार्टीको तर्फबाट नवनिर्वाचित राज्य सभा सदस्य हिमन्त विश्व शर्माले भारतको असम राज्यक...