विश्व

चिनियाँ रकेटका भग्‍नावशेष हिन्द महासागरमा खसे

इकागज | बैशाख २७, २०७८

बेइजिङ : चीनको लङ मार्च ५बी रकेटका भग्नावशेष हिन्द महासागरमा आइतबार खसेको चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले जनाएको छ । गत अप्रिलमा प्रक्षेपण गरिएको उक्त रकेटले अन्तरिक्षमा चीनको पहिलो स्टेशन बनाउन मद्दत गर्ने लक्ष्य राखिएको थियो । 

कार्यालयका अनुसार चाङ झेङ ५बी नामको रकेट पृथ्वीको वायुमण्डलमा यही मे ९ तारिखको बिहान १० बजेर २९ मिनेटमा पुनः प्रवेश गरेको थियो, र उक्त रकेट हिन्द महासागरमा माल्दिभ्स नजिक खसेको थियो । 
पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ उक्त रकेटको अधिकांश भाग आगो लागेर ध्वस्त भइसकेको थियो, कार्यालयको विज्ञप्तिमा उल्लेख छ । 

गत बुधबार अमेरिकी रक्षा मन्त्रालयले अनियन्त्रित भएको चिनियाँ रकेटको आफूहरुले ट्र्याकिङ गरिरहेको जनाएको थियो । मन्त्रालयले यही साता उक्त रकेटका अवशेष पृथ्वीमा खस्ने बताएको थियो । शुक्रबार चीनले विज्ञहरुले चासो देखाए पनि अनियन्त्रित रकेटबाट पृथ्वीमा कुनै असर नपर्ने दाबी गरेको थियो । (एएनआई) 

माल्दिभ्सका पूर्वराष्ट्रपतिमाथि आक्रमण गरेको आरोपमा पक्राउ

इकागज | बैशाख २७, २०७८

माले : माल्दिभ्स प्रहरीले आइतबार पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नशीदमाथिको आक्रमणमा सम्लग्नता रहेको भन...

भड्काउ जीवनशैली अपनाउने २७० चिनियाँ कम्युनिस्ट नेतालाई कारबाही

इकागज | बैशाख २५, २०७८

काठमाडौँ : भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनिया...

रियो दी जेनेरोमा प्रहरी र तस्करबीच गोली हानाहान, २५ जनाको मृत्यु

इकागज | बैशाख २५, २०७८

रियो दी जेनेरो : ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाह...

इरान आणविक सम्झौतामा अमेरिका फर्कनेबारे उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने सङ्केत

इकागज | बैशाख २४, २०७८

काठडमाडाैँ : विश्व शक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो ...

पूर्वी अफगानिस्तानमा तालिवान लडाकूको आक्रमणमा ११ सुरक्षाकर्मीको मृत्यु

इकागज | बैशाख २४, २०७८

काबुल,अफगानिस्तान : पूर्वी अफगानिस्तानमा आतंकवादीहरूको हमलामा अफगान सुरक्षा बलका कम्तिमा ११ सदस्यहरू मा...

‘कोभिडविरूद्धको खोपमा बौद्धिक सम्पत्तिको अवरोध हटाउन अमेरिका तयार ’

इकागज | बैशाख २४, २०७८

वासिङ्टन : अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पत्ति (पेटेन्ट राइट्स) सम्बन्धी अबरोधलाई हटाई ...