विश्व

शांघाई नजिकको नान्तोङमा आँधीका कारण ११ को मृत्यु

इकागज | बैशाख १८, २०७८

शांघाई  : शांघाईको नजिकैको एउटा शहरमा शुक्रबार साँझ आएको घातक आँधीबेरीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको चिनियाँ अधिकारीहरूले शनिबार बताएका छन् । शुक्रबार साँझ माछा मार्न गएका माछा मार्ने डुंगामा रहेका नौ जना आँधीपछि सम्पर्कमा आएका छैनन् तर सोही डुंगाका अन्य दुई जनालाई सकुशल उद्धार गरिएको छ । 

याङ्जे नदीको उत्तरी किनारमा रहेको ८० लाख जनसङ्ख्या रहेको नान्तोङ शहर र वरपरका क्षेत्रमा ठूला असिनासहित आएको आँधीबेरीमा परी उनीहरूको मृत्यु भएको चिनियाँ वेबसाइट ‘ट्यूटियाओ डटकम’ले जनाएको छ ।

आँधीपछि कतिपय मृतकहरू रूख र बिजुलीको खम्बाले थिचिएको अवस्थामा भेटिएका थिए भने अन्यलाई बतासले पानीमा फ्याँकिएको अवस्थामा पाइएको स्थानीय अधिकारीहरूले सामाजिक सञ्‍जाल ओइवोमार्फत् जानकारी गराएका छन् । 

आँधीका कारण कम्तीमा १०२ जना घाइते भएका छन्, धेरै घरहरू भत्किएका छन् भने करिब तीन हजार स्थानीयलाई सुरक्षितस्थलमा सारिएको छ । (रासस)

अमेरिका र चीनबीचको तनाव विश्वकै सबैभन्दा ठूलो समस्या : हेनरी किसिन्जर

इकागज | बैशाख १८, २०७८

काठमाडौँ : अमेरिकाका पूर्व कूटनीतिज्ञ हेनरी किसिन्जरले अमेरिका र चीनबीचको तनाव विश्वकै सबैभन्दा ठ...

लिबियाको पश्चिमी क्षेत्रबाट अवैध प्रवेश गरेका आप्रवासीको उद्वार

इकागज | बैशाख १८, २०७८

लिबियाको पश्चिमी समुद्री क्षेत्रबाट बिहीबार यहाँका सामुद्रिक सुरक्षा गार्डहरुले करिब ९९ जना आप्रवासीको उद्...