विश्व

इरानसँगको आणविक सम्झौताबारे छलफल गर्न अर्को हप्ता बैठक हुने

इकागज | चैत २१, २०७७

ब्रसेल्स : विश्व शक्तिराष्ट्र र इरानले सन् २०१५ मा गरेको आणविक सम्झौताको विषयमा भियनामा अर्को हप्ता वार्ता गर्न शुक्रबार सहमति भएको ईयूले जानकारी गराएको छ । मध्यस्थकर्ताहरूले यस विषयमा अमेरिकासँग ‘छुट्टै सम्पर्क’ भएको बताएका छन् । 

यस विषयमा ईयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'वार्ताका सहभागीहरू अष्ट्रियाको राजधानी भियनामा भेट गरी नाकावन्दी हटाउनुपर्ने आणविक सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने उपायहरू खोज्नका लागि सम्बन्धित विज्ञहरूको टोलीसहित भियनामा बस्नेछन् ।'

'बैठकको संयोजकले इरानसँगको आणविक सम्झौता (जेसीपीओए) का सहभागीहरू र संयुक्त राज्य अमेरिकाका साथ भियनामा छुट्टै सम्पर्कहरू तीव्र पार्नेछन्,' उनले भने । (एएफपी)

भारतमा कोरोनाबाट एकैदिनमा ८१ हजार सङ्क्रमित, ४६९ जनाको मृत्यु

इकागज | चैत २१, २०७७

नयाँदिल्ली : भारतका कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन तीव्र रुपमा बढ्दै गइरहे...

बिम्स्टेक मन्त्रीस्तरीय बैठक : म्यानमार नरसंहारको विषय उठ्ला ?

इकागज | चैत १९, २०७७

काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को मन्त्रीस्तरीय...