विश्व

नाइजरमा बन्दुकधारीको आक्रमणमा ४० को मृत्यु

इकागज | चैत ९, २०७७

निआमी : नाइजरमा बन्दुकधारीहरूको आक्रमणमा परी  ४० नागरिकको मृत्यु भएको छ । अपरिचित बन्दुकधारीहरूले स्थानीय समय अनुसार आइतबार राति आक्रमण गर्दा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 

छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको देशको पश्‍चिमी क्षेत्रमा पर्ने ताहौआका विभिन्‍न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो । घटना र क्षतिबारे सरकारी अधिकारीहरूले पर्याप्त जानकारी नदिएपनि नाम सार्वजनिक नगरिदिने सर्तमा एक सुरक्षा अधिकारीले यो जानकारी दिए ।

ठूलो सङ्ख्यामा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले घरघरमा आगजनी गरेका थिए । आगजानीका कारण कतिपय घरहरू पनि जलेका छन् । 

घटना भएका क्षेत्रमा गत हप्ता पनि शंकास्पद आतङ्कवादीहरूले आक्रमण गर्दा ५८ जनाको मृत्यु भएको थियो । नाइजरमा पछिल्लो समय हिंसात्मक घटनामा बृद्धि भएको छ । आक्रमणमा परी आम नागरिकसँगै सुरक्षाकर्मीहरूको पनि मृत्यु हुने गरेको विभिन्‍न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्था तथा सञ्‍चारमाध्यमहरूले उल्लेख गरेका छन् । (रासस)

भारतमा कोभिड-१९ संक्रमित र मृतकको संख्या बढ्दै, २४ घण्‍टामा ४७ हजार नयाँ संक्रमित थपिए

इकागज | चैत ९, २०७७

नयाँदिल्ली : भारतमा कोभिड-१९ बाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य त...

अफगानिस्तानका राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच काबुलमा भेटवार्ता

इकागज | चैत ९, २०७७

अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी का...