कुटपिट आरोपमा फरार आरोपित पक्राउ

सप्तरी - कुटपिट मुद्दामा फरार रहेका एक जना प्रतिवादी बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-१ का ४२ वर्षीय लालदेव यादव रहेका छन् ।
सोही ठाउँका दीपेन्द्र यादवले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०६१ साल असार १० गते तथा तत्कालीन पुनरावेदन अदालत राजविराजले २०६४ साल असार ४ गते प्रतिवादी लालदेव यादवलाई ३ महिना कैद र ७ सय २५ रुपैयाँ जरिवाना तिर्ने फैसला सुनाएको थियो ।
फैसला सुनाएपछि उनी लुकीछिपी बस्दै आएका थिए । गोप्य सूचनाको आधारमा घरबाट पक्राउ गरी सप्तरी जिल्ला अदालतमा दाखिला गराउँदा उनलाई कैद भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया