लागुऔषध खैरो र सेतो हिरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ - नेपाल प्रहरीले लागुऔषध खैरो र सेतो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख २०१७ नम्बरको यात्रुवाहक बसमा खैरो र सेतो हिरोइन ल्याउँदै गरेको अवस्थामा भारत विहारका २० वर्षीय दीपेन्द्रकुमार भगतलाई आज बिहान पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सार्वजनिक बसमा झोलाभित्र लुकाएर ल्याएका अवस्थामा खैरो र सेतो हिरोइनसहित भगतलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ भगतसँग खैरो हिरोइन १०३ ग्राम र सेतो हिरोइन चार ग्राम बरामद गरेको छ ।
पक्राउ परेका भगतलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया