रुकुमपूर्वमा जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित

रुकुमपूर्व - रुकुमपूर्वमा जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित भएको छ । नौ सदस्यीय जिल्ला समन्वय समितिमा नौ जनाको मात्र उम्मेदवारी परेको थियो । आज दाबी÷विरोध, उजुरी पनि शून्य भएपछि यस जिल्लामा समन्वय समिति निर्विरोध भएको हो ।
यस जिल्लामा जिल्ला समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्विरोध भएका छन् । श्रेष्ठ नेकपा (माओवादी केन्द्र)बाट हुन्, भने केसी नेकपा (एकीकृत समाजवादी)बाट हुन् । प्रमुखसहित अन्य सात सदस्य सबै माओवादी केन्द्रबाट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यहरूमा महिला सदस्यमा सिस्ने–७ बाट बिन्दु रावल, भूमे–३ बाट विष्णु रोका, पुथाउत्तरगंगा गाउँपालिका–१० बाट प्रतिमा पुन, दलित तथा अल्पसङ्ख्यकमा पुथाउत्तरगंगा–८ बाट कल्पनाकुमारी सुनार, अन्य सदस्यमा पुथा–३ बाट बलकर्म बुढा, भूमे–७ बाट महिमान रोका र सिस्ने–३ बाट लालजीत बुढा छन् । रुकुमपूर्वमा तीन पालिका छन् ।
रासस

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया