सुर्खेतको भेरीगंगामा पुर्जा वितरण गरिदैँ

सुर्खेत - सुर्खेतको भेरीगंगा नगरपालिकाका चार वडाका स्थानीयहरुलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरिएको छ । नगरपालिका वडा नं. ६, ७, ८ र ९ का करिब पाँच सय बढी घरपरिवारलाई स्थायी जग्गाधनी पुर्जा वितरणको तयारी गरिएको हो ।
स्थानीय तह निर्वाचन अगाडि पहिलो चरणमा स्थायी जग्गाधनी पुर्जा वितरण गरिएको थियो । दोस्रो चरणमा जग्गाधनी पुर्जा वितरणका लागि हक दाबी विरोधको सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
राष्ट्रिय भुमि आयोग जिल्ला समिति सुर्खेतले भूमि सम्बन्धि समस्या समाधान गर्न पुरक प्रमाण र कागजातहरु पेश तथा कुनै दाबी विरोध वा उजुरी गर्ने सम्बन्धि ३५ दिन म्याद थप गर्न सूचना प्रकाशन गरेको छ । २०७८ को दफा २० मा प्रचलित कानुन बमोजिम भुमि सम्बन्धि नेपाल सरकारले गठन गरेको समिति वा कार्यदलबाट बाँकी काम सम्पन्न गर्न आवश्यक कागजातहरुको माग गरेको हो ।
आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले कागजात पेश गर्नको लागि ३५ दिने सूचना प्रकाशित गरिनुका साथै वितरणको लागि तयारी थालिएको जानकारी दिए ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया