असारमा बिहे गर्दै नीता र हरिहर

काठमाडौँ - तीन वर्षदेखि अफेयरमा रहेका अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारीले असारमा बिहे गर्ने भएका छन् । अभिनेत्री नीताले केही अनलाइन मिडियासँगको कुराकानीमा आफूले विवाह गर्न लागेको स्वीकार गरेकी छिन् । उनले विवाहको मिति भने तय भइनसकेको जनाएकी छिन् ।
वीरगञ्जमा भएको एक कार्यक्रमका दौरान नजिकिएका नीता र हरिहरले अघिल्लो साल नै विवाह गर्ने चर्चा थियो । यसैबीचमा हरिहरका बुबाको निधन भएपछि उनीहरूको विवाह रोकिएको थियो । भर्खरै मात्र हरिहरको बुबाको वार्षिकी सकिएसँगै दुवै विवाहका लागि तयार भएका हुन् ।
विवाहपछि दुवैले ‘ह्रस्वदीर्घ’ नामको फिल्मसमेत निर्माण गर्दैछन् । दसैँपछि फ्लोरमा जाने यो फिल्ममा नीता र हरिहर हिरो हिरोइनको रुपमा देखिनेछन् । उनीहरूले फिल्मका लागि छायांकारदेखि कलाकारसम्म भारतका अनुबन्ध गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया