सृष्टिको अभीनित ‘राधा’को प्रदर्शन मिति हेरफेर , प्रदीपको 'प्रकाश'सँग जुध्दै

काठमाडौँ - भदौ २४ लाई प्रदर्शन मिति सार्वजनिक गरेर पोस्ट प्रडक्सनमा रहेको ‘राधा’ प्रिपोन्ड भएको छ । सुवर्ण थापा निर्देशित यो फिल्म अब भदौ १० मा रिलिज हुनेछ । थिएटर पृष्ठभूमिकामा कलाकारको बाहुल्य रहेको फिल्म अब प्रदीप खड्काको मुख्य अभिनय रहेको ‘प्रकाश’सँगै रिलिज हुनेछ ।
निर्माण टिमले नयाँ पोस्टरसँगै नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो । पोस्टरमा सृष्टिले बच्चा बोकिरहेकी छिन् । यसअघि यही मितिमा खगेन्द्र लामिछाने निर्देशित ‘पानीफोटो’ पनि प्रदर्शनमा आउने गरी घोषणा भएको थियो ।
‘पानीफोटो’ यो मितिमा नआउने भएसँगै ‘राधा’ले प्रदर्शन मिति दुई हप्ता अगाडि सारेको हो । तर ‘पानीफोटो’ टिमले अहिलेसम्म प्रदर्शन सरेको घाषणा भने गरिसकेको छैन । सौगात मल्लसमेत निर्माता रहेको फिल्ममा सौगातबाहेक सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव पन्त, वुद्दि तामाङ, निश्चल बस्नेत, दयाहाङ राई आदिको अभिनय देख्न सकिन्छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया