जिसस कालीकोटको प्रमुखमा शाही निर्वाचित

कालिकोट - जिल्ला समन्वय समिति कालीकोटका प्रमुखमा धनजित शाही विजयी भएका छन् । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका शाही आज भएको निर्वाचनमा विजयी भएका हुन् ।
उपप्रमुखमा माओवादी केन्द्रकै मीना रावत (विश्वकर्मा) विजयी भएकी छिन् । जिल्ला समन्वय समितिको निर्वाचनका लागि कालीकोटमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । जिल्ला समन्वय समितिमा १८ मत रहेको कालीकोटमा गठबन्धनका उम्मेदवारले १५ मत पाएको र एमालेका उम्मेदवारले दुई मत पाएको एक जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, सदस्यमा माओवादी केन्द्रका चार, नेपाली कांग्रेसका दुई र एक जना एकीकृत समाजवादीका विजयी भएका छन् ।
रासस

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया