जुम्ला जिसस प्रमुखमा आचार्य निर्विरोध

जुम्ला - जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा कांग्रेसका गौरीनन्द आचार्य र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का जनक थकाली निर्विरोध चयन भएका छन् ।
कांग्रेस र समाजवादीबीच गठबन्धन भएपछि दुवैजना निर्विरोध चयन भएका हुन् । कांग्रेसबाट जिल्ला समन्वय समितिको सदस्यमा गंगादेवी रोकाया, धनसुर बुढा, खिमालक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढा र नरविर सुनार निर्विरोध भएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले जानकारी दिए ।
यस्तै समाजवादीबाट जिसस सदस्यमा पदमबहादुर रावत निर्विरोध चयन भएका छन् । एक नगरपालिका र सात गाउँपालिकामा कांग्रेसको आठ, माओवादीको ६ तथा समाजवादी र स्वतन्त्रको एक एक मतभार रहेको थियो। रासस

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया