ब्राउन सुगरसहित एक जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १५ रातोमाटेबाट लागूऔषध ब्राउन सुगरसहित हेटौंडा उपमहानगरपालिका–१ चाईनाक्वाटर बस्ने ३४ वर्षीय निरन्जन घिमिरे पक्राउ परेका छन् ।
घिमिरेलाई करिब ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो । वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३८९५ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घिमिरेमाथि आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया