मुगुमा खडेरीले बाली सुक्यो

मुगु - हिमाली जिल्ला मुगुमा वर्षा नहुँदा खडेरीले अन्नबाली सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । असार महिना सुरू भइसक्दा पनि मुगुमा हालसम्म वर्षा नहुँदा किसानले खेतबारीमा लगाएको धान, चैते कोदो, कागुनो घामले सुक्न थालेको छ ।
मुगुमा लगाएका रैथाने बाली मात्र नभएर बारीमा लगाएको खुर्सानी, टमाटर, प्याज, लसुन, फर्सी, कोक्रालगायतका बालीमा घामबाट जोगाउन मुस्किल हुन थालेको छ ।
समयमै वर्षा नहुँदा खडेरीले धानको बेर्ना समेत सुक्न थालेपछि किसानलाई रोपाइँ गर्न सास्ती हुने अवस्था उत्पन्न भएको छ ।
'आकाशबाट पानी आउँदैन खडेरीले खेतबारीमा बाली सुकिसक्यो,' छायानाथ रारा नगरपालिका वडा नम्बर ५ कि हिमाली सुनारले भनिन्, 'असार लागिसक्यो पानी आउँदैन । बाली नाली सुक्न थाल्यो ।'
सिँचाइ कुलोको सुविधा भएका किसानले खेतबारीमा पानी हालेर अन्नबाली जोगाउन थालेका छन् भने सिँचाइबाट वञ्चित किसान आकाशे पानीको प्रतीक्षामा बसेका छन् । खडेरीले पानीका मुहान समेत सुक्न थालेको र कर्णाली नदीको बहाब पनि घट्दै गएको स्थानीयले बताए । खडेरीले कुलोको पानी सुक्न थालेपछि रोपाइँ गर्न मुस्किल हुने अवस्था आएको बताइएको छ । न्युज कारखाना

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया