जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेट नजिकै शंकास्पद वस्तु फेला

हुम्ला- हुम्ला सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयको गेट नजिकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । कृषक सोनाम लामाको खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि जिल्ला प्रहरी कार्यालय सिमकोटलाई खबर गरेको कृषक लामाले बताए ।
खेतमा भेटिएको शंकास्पद वस्तु पाइप बम हुन सक्ने स्थानीले बताएका छन् । तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने अहिले नै बम हो भन्न नसकिने , तर शंकास्पद वस्तु रहेको जनाएको छ ।
नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी कृष्णाराज ओझाले जानकारी दिए । सशस्त्र माओवादी युद्धको बेला राखिएको पाइप बम हुन सक्ने स्थानीयवासीको आशंका छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया