न्युजिल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौँ- न्युजिल्याण्ड पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ६३ लाख २० हजार रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले न्युजिल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका-३ घुम्ती बस्ने नुवाकोट विदुर नगरपालिका-७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ शोभाले न्युजिल्याण्डको प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काम लगाइदिन्छु भनी प्रतिव्यक्ति १२ लाख ५० हजार रुपैयाँ खर्च लाग्छ भनी नौ व्यक्तिसँग ६३ लाख २० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले बूढानीलकण्ठ नगरपालिकास्थित कपनको नीलोपुलबाट पक्राउ गरेको हो ।
पक्राउ शोभालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया