कर्णाली प्रदेशको बजेट बहुमतले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि कर्णाली प्रदेश सभामा पेश गरेको बजेट पारित भएको छ । असार १ गते प्रदेश सभामा पेश गरेको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट आज पारित भएको छ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले पेश गरेको आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको हो । आफ्ना मागहरु पूरा नभएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गर्दै आएको थियो प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच चार बुँदे सहमति भएपछि सदन सुचारु भएको हो ।
चार बुँदे सहमति अनुसार झण्डै ६ अर्ब बराबरको बजेट संशोधनसहित आज पारित भएको छ । प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९÷०८० का लागि रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्टले चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका छन् । जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९.५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया