उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि...

सुर्खेत - कर्णाली प्रदेश लोकसेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ ।
त्यसो गर्नेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का नवीन कुमार रेउले रहेका छन् । मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोकसेवाले उनलाई दुई वर्षसम्मका लागि अयोग्य ठहर गरेको छ ।
आयोगले जारी गरेको सूचना अनुसार उनको मास्टर आइडी १४०५७ र रोल नम्बर ४४६६ रहेको छ । रेउलेले बस्तुगत र विषयगत दुवै उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको प्रदेश लोकसेवा आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार रेउलेलाई प्रदेश लोकसेवा आयोग ऐन, ०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिम कसुर गरेको देखिएको र लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, ०७८९ को दफा ३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम लिखित परीक्षा रद्द गरिएको छ ।
उक्त ऐन अनुसार आयोगबाट आगामी २ वर्षसम्म हुने पदपूर्ति सम्बन्धी सबै विज्ञापनमा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया