डेढ किलाे चरेससहित एक प्रहरी जवान पक्राउ

कैलाली- सशस्त्र प्रहरी जवान लागूऔषध चरेससहित पक्राउ परेका छन् । सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले सशस्त्र प्रहरी गण वन बेहडा कैलालीमा कार्यरत दुर्गाथली गाउँपालिका ४ बझाङ घर भएका गणेशप्रसाद जोशीलाई लागूऔषध चरेससहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले सूचनाको आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका ३ स्थित होटेल सिटिबाट डेढ केजी लागूऔषध चरेससहित पक्राउ गरिएको बताए ।
पक्राउ परेका जोशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको डिएसपी जोशीले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया