मन्त्री सिफारिस गर्न दलका नेतालाई जिम्मा
कर्णालीमा मन्त्री फेर्न माओवादी संसदीय दलको बैठक

सुर्खेत- नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले मन्त्रीको टुंगो लगाउन दलका नेतालाई जिम्मा दिएको छ । आज बसेको संसदीय दलको बैठकले रिक्त रहेको मन्त्रीको सिफारिस विषयमा टुंगो लगाउने जिम्मा दलका नेता एवं पूर्व मुख्यमन्त्रीलाई जिम्मा दिने निर्णय गरेको छ ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिए लगत्तै नयाँ मन्त्री सिफारिसको लागि बैठक बसेको थियो । ‘आज बसेको दलको बैठकमा व्यापक रुपमा छलफल भयो तर, मन्त्रीको टुंगो भने लगाएको छैन,’ प्रमुख सचेतक कृष्णा शाहले भनिन्, ‘यसको जिम्मा अब दलका नेताले लगाउने भन्ने निर्णय भएको छ ।’
कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रुपमा गैरसांसद नियुक्त भएका लामाको कार्यकाल सकिएको छ । लामाको कार्यकाल सकिएपछि नयाँ मन्त्री सिफारिस गर्न सोमबार बसेको नेकपा माओवादी संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गियो ।
अन्य मन्त्री हेरफेर र समानुपातिक सांसदको कुरा उठेपछि बैठक निष्कर्षविहीन भएका हो । पुराना मन्त्री हेरफेर गरेर नयाँलाई अवसर दिने विषय उठेपछि सहमति हुन नसकेको हो । पार्टीमा आवश्यक छलफल गरी विवाद टुङ्ग्याउने जिम्मा संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएकाे संसदीय दलकी प्रमुख सचेतक शाहले बताइन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सिफारिसमा लामालाई २०७८ माघ २३ गते मन्त्री नियुक्त गरेका थिए । सांसद नरहेका व्यक्ति ६ महिनाका लागि मन्त्री बन्न सक्ने व्यवस्था छ । लामाको कार्यकाल आज (सोमबार) सकिएकाले उनको ठाउँमा सिफारिस गर्न लागिएको हो । यसअघि माओवादी डोल्पाका सांसद वीरबहादुर शाहीलाई मन्त्री बनाउने चर्चा चले पनि अन्तत: गैरसांसद लामालाई मन्त्री बनाएपछि आलोचना बढेको थियो ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया