जबर्जस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौँ- प्रहरीले जबर्जस्ती करणी मुद्दामा कैद तोकिएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-१४ कालीमाटीमा ग्यारेज/वर्कशप सञ्चालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँका ४७ वर्षीय सकील खानलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँको कुलेश्वरबाट पक्राउ गरेको हो ।
खानले विसं २०७३ फागुन ८ गते ३२ वर्षीया महिलालाई मादक पदार्थ सेवन गराई व्यापारका लागि सामान किन्न भारत लैजाने बहानामा सुन्धारास्थित एक होटलमा लगेर करणी गरेका थिए । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको जनाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया