पाटनको कृष्ण मन्दिरमा भक्तजनको भिड (तस्बिरहरू)

काठमाडौँ - वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भगवान् श्रीकृष्णको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाउँदैछन् । हिन्दु धर्मशास्त्र अनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा आजकै दिन अर्थात् भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ ।
त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । हिन्दु धर्मशास्त्रमा प्रमुख चाररात्रीहरू छन् । कालरात्रि (दशैँको अष्टमीको रात्रि), मोहरात्री (कृष्ण जन्माष्टमीको रात्रि), महाशिवरात्रि (शिवरात्रि) र दारुणरात्रि (होली पूर्णिमाको रात्रि) ।
भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले सत्य र धर्मको पक्षमा रही सत्कर्म गर्न मानव समुदायलाई प्रेरित गरेको धार्मिक मान्यता रहिआएको छ ।
आजको दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने धार्मिक प्रचलन रहँदै आएको छ ।
आज कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

तामाखानी उत्खननका लागि खोजतालस सुरु

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढ्ने, दुई प्रदेशमा हावाहुरी चल्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

‘सूचना प्रविधि सावधानीपूर्वक प्रयोग गर्नुपर्ने’

डिआईजी चतुर्बेदीद्दारा अपराधिक गतिबिधि र तस्करी पुर्ण रूपमा नियन्त्रण गर्न निर्द…

प्रतिक्रिया