कर्णालीका दुई मन्त्रीले दिए राजीनामा

सुर्खेत- कर्णालीका दुई जना मन्त्रीले आइतबार राजीनामा दिएका छन् । कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन् ।
कर्णालीमा माओवादी केन्द्रले आफ्ना मन्त्री हुन बाँकी रहेका दुई जना सांसदलाई पालो पुर्याउन मन्त्री विष्ट र सिंहलाई राजीनामा दिन लगाएको हो ।
शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाईसकेको थियो । उक्त निर्णयअनुसार नै दुई मन्त्रीले राजीनामा दिएका हुन् ।
मन्त्री विष्ट र सिंहको ठाउँमा माओवादी दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई सिफारिस गरेको छ । शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुमपश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनीहरूलाई मुख्यमन्त्री शाहीले आज नै मन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया