नगरपालिकाद्वारा डाक्टर पढाउन छात्रवृत्ति सम्बन्धी ऐन जारी

सुर्खेत- सुर्खेतको लेकबेशी नगरपालिकाले एमबीबीएस डाक्टर पढाउने तयारी गरेको छ । नगरपालिकाले हरेक वर्ष पालिकाबाटै एक जना एमबीबीएस डाक्टर जनशक्ति उत्पादन गर्ने गरी एमबीबीएस अध्ययन छात्रवृत्ति सम्बन्धी ऐन, २०७९ जारी गरेको छ ।
नगरपालिका भित्रकै जेहेन्दार र गरिब विद्यार्थीलाई निःशुल्क एमबीबीएस डाक्टर पढाउने गरी ऐन ल्याएको हो ।
आफ्नै पालिकाको बजेट स्रोत, लगानीबाट हरेक वर्ष एक/एक जना डाक्टर उत्पादन गर्ने गरी लेकबेशी नगरपालिकाले एमबीबीएस अध्ययन छात्रवृत्ति सम्बन्धी ऐन, २०७९ जारी गरेको नगर प्रमुख उमेशकुमार पौडेलले बताए । आफ्नो पाँच वर्षीय कार्यकालमा पाँच जना विद्यार्थीलाई निःशुल्क डाक्टर पढाउने उद्देश्यले सबै तयार सकेर ऐन जारी गरिएको मेयर पौडेलको भनाइ छ ।
ऐन जारी भएसँगै लेकबेशी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई निःशुल्क डाक्टर पढाउने छ । ऐनबाटै एमबीबीएस डाक्टर अध्ययनका लागि छनाेट प्रक्रिया, आवेदन प्रक्रिया, आर्थिक स्रोत सहयोग प्रक्रिया, आवश्यक सर्तहरू उल्लेख गरिएको छ । एमबीबीएस अध्ययन छात्रवृत्ति छनाेट समिति, आवश्यक योग्यता, क्षमता सबै ऐनमा उल्लेख गरिएको छ ।
ऐन अनुसार नगरपालिकाले हरेक वर्ष एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि अक्षय कोषमा ५० लाख बजेट विनियोजन गर्ने भएको छ । हरेक वर्षमा त्यही ५०–५० लाख कोषमा जम्मा गर्ने र एक/एक जनालाई डाक्टर अध्ययनका लागि रकम सहयोग गरिने मेयर पौडेलले बताए । यसरी नगरको रकमबाट निःशुल्क एमबीबीएस पढ्ने डाक्टरले पाँच वर्ष नगरभित्र सेवा गर्नुपर्ने सर्त समेत राखिएको छ ।
नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भएपनि विशेषज्ञ डाक्टरहरू नहुँदा स्थानीयले उपचार नपाएको भन्दै पाँच वर्षको अवधिमा छात्रवृत्ति मार्फत डाक्टर पढाउने निर्णय नगरपालिकाले गरेको नगरप्रमुख पौडेलको भनाइ छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया