मकवानपुरमा ५ हजार ८०९ जना मतदाता थपिए

मकवानपुर - मकवानपुरमा झण्डै ६ हजार मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा लागि मकवानपुरमा ५ हजार ८ सय ९ जना मतदाता थपिएका हुन् ।
मकवानपुरमा गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भन्दा ५ हजार ८ सय ९ जना मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार थपिएका मतदाता मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेहरुको समेत अभिलेख अनुसार रहेको छ ।
आगामी मङ्सिरमा हुने निर्वाचनका लागि मकवानपुरमा १ लाख ५३ हजार ५ सय २८ पुरुष, १ लाख ४७ हजार २ सय महिला र अन्य ५ जना गरी ३ लाख ७ सय ३३ मतदाता कायम भएको छ ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मकवानपुरमा १ लाख ४४ हजार ५ सय ९५ जना महिला, १ लाख ४९ हजार ९ सय ५४ पुरुष र अन्य ६ जना गरी २ लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेका थिए । मकवानपुरमा १ सय ६७ मतदान स्थलमा ३ सय ६४ मतदान केन्द्र तय भएको छ ।
यस्तै आगामी मङ्सिरमा हुने निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा ७४ हजार ९ सय ३० पुरुष, ७५ हजार २ सय २१ महिला र अन्य ४ गरी १ लाख ५० हजार १ सय ५५ मतदाता रहेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा ७८ हजार ५ सय ९८ पुरुष, ७१ हजार ९ सय ७९ र अन्य १ जना गरी १ लाख ५० हजार ५ सय ७८ मतदाता कायम भएको निर्वाचन आयोगले प्रकाशित गरेको मतदाता नामावलीमा उल्लेख छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ६२ मतदान स्थल र १ सय ७२ मतदान केन्द्र तथा निर्वाचन क्षेत्र नं. २ मा मतदान स्थल १ सय ५ र मतदान केन्द्र १ सय ९२ वटा कायम भएका छन् ।
यसैगरी मकवानपुरमा प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पुरुष ४० हजार १ सय ११, महिला ३७ हजार ८ सय ७७ र अन्य १ गरी कुल मतदाता ७७ हजार ९ सय ८९ जना तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं। २ मा पुरुष मतदाता ३४ हजार ८ सय १९, महिला ३७ हजार ३ सय ४४ र अन्य ३ जना गरी ७२ हजार १ सय ६६ मतदाता कायम भएका छन् ।
यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा पुरुष मतदाता ४२ हजार ८ सय ४३, महिला मतदाता ४० हजार २ सय ५५ र अन्य १ जना गरी ८३ हजार ९९ जना तथा निर्वाचन क्षेत्र नं. २ मा पुरुष मतदाता ३५ हजार ७ सय ५५ र महिला ३१ हजार ७ सय २४ गरी ६७ हजार ४ सय ७९ जना रहेका छन् ।
प्रतिनिधि सभा १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मतदान स्थल ४७ र मतदान केन्द्र ९५, प्रदेश सभा २ मा मतदान स्थल १५ र मतदान केन्द्र ७७ तथा प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ मा मतदान स्थल ५६ र मतदान केन्द्र १०८, प्रदेश सभा २ मा मतदान स्थल ४९ र मतदान केन्द्र ८४ रहेको आयोगले जनाएको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया