हुम्लामा दसैँको मुखमा चामल बिक्री बन्द

सुर्खेत- खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री ,वितरण बन्द गरिएको हो ।
दसैँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ ।
कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट चामल वितरण गरिने बताइएको भए पनि अहिले चामल अपुग भएको भन्दै उक्त काममा पनि चामल वितरण नगर्ने जनाइएको छ । सोमबार देखि नै चामल लिन कम्पनीको गोदाममा पुगेकी सिमकोट–६ की चादनी रोकायले चामल नपाइएपछि रित्तो हात फर्किनुपरेको बताइन् । जिल्लाका अरू डिपो र बिक्री केन्द्रका गोदाम पनि गत असारयता खाली छन् ।
कर्णालीका अन्य ७ जिल्लामा भने सहुलियत मूल्यका पसल सञ्चालन गरी चामल बिक्री भइरहेको छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया