दमकको सेतुमारी–सिजुवा सडक एक वर्षपछि सञ्चालनमा

दमक- झापाको दमकस्थित सेतुमारी, मोरङको इन्द्रेझोडा महाराजथान हुँदै सिजुवा जोड्ने अवरुद्ध सडक एक वर्ष पछि सञ्चालनमा आएको छ ।
गत वर्ष कात्तिक पहिलो साता मावा खोलामा आएको बाढीका कारण सो सडकमा क्षति पुर्याएको छ । मावा खोलाको बाढीले सो सडकको झापा र मोरङको सीमा खण्डमा कटान गरेको थियो । सडक कटान भएपछि त्यस सडकखण्ड पूर्णरुपमा आवतजावत बन्द छ ।
अवरुद्ध सडक दमक नगरपालिका–१० र उर्लाबारी नगरपालिका–९ को पहलमा पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएको दमक–१० का वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए । सडकका खाल्डा पुरेर आठ थान ह्युम पाइप राखिएको छ । सडक खुलाउने काममा स्थानीयवासीले समेत मर्मतसम्भारको काममा सहयोग पुर्याएका थिए ।
सडक सञ्चालनमा आएपछि दमकको दक्षिणी भेगबाट पूर्वी मोरङसम्म आवतजावत गर्न सुविधा पुगेको स्थानीय नगेन्द्रमणि न्यौपानेले बताए।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया