कर्णालीमा बढे डेंगुका बिरामी

सुर्खेत । कर्णाली प्रदेशमा डेंगुका संक्रमितहरु बढ्दै गएका छन् । हालसम्म प्रदेशमा पाँच सय ४१ जना डेंगुका सक्रिय बिरामी रहेका पाइएका छन् । प्रदेश स्वास्थ सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार पछिल्ला दिनमा डेंगुका बिरामी बढ्दै गएको जनाएको छ ।
प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै डेंगुबाट संक्रमित सुर्खेतमा भएका छन् । सुर्खेतमा ४ सय २२ डेंगुबाट संक्रमित छन् भने सल्यानमा २२ जना जुम्लामा २२ जना, कालिकोटमा २१ जना र दैलेखमा १४ जना संक्रमित छन् । त्यस्तै रूकुम पश्चिममा १८ जना, हुम्ला र डोल्पामा १÷१ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका सूचना अधिकारी श्याम आचार्यले जानकारी दिए ।
सुर्खेतमा पनि वीरेन्द्रनगर नगरपालिका क्षेत्र डेंगु संक्रमणको रेडजोनमा रहेको छ । वीरेन्द्रनगरमा हालसम्म २०० भन्दा बढीलाई डेंगुबाट संक्रमित छन् । प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डाक्टर केएन पौडेलले डेंगी मच्छर नियन्त्रण र बिरामीलाई झुलभित्र राखेर उपचार गरेर गर्नुपर्ने बताए ।
डेंगु रोग पोथी मच्छरको टोकाइबाट सर्ने रोग हो । संक्रमितलाई टोकेको मच्छरले अन्य व्यक्तिलाई टोकेमा डेंगु रोग फैलिने गर्छन् । गएको आर्थिक वर्षमा कर्णाली प्रदेशमा १४ जना प्रदेश बाहिरकासहित ७९६ जना संक्रमित भएका थिए ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया