सल्यानका प्रहरी निरीक्षक शाही पुरस्कृत

सुर्खेत- इलाका प्रहरी कार्यालय थारमारे सल्यानमा कार्यरत प्रहरी निरीक्षक कनकबहादुर शाही कर्णाली प्रदेशकै सर्वोत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत भएका छन् ।
६७ औं प्रहरी दिवसको अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालयले उनलाई पुरस्कृत गरेको हो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरेका छन् । शाहीले अपराध अनुसन्धानका क्षेत्रमा निर्वाह गरेको भूमिकाको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो ।
प्रहरी निरीक्षक शाही यसअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान शाखा प्रमुख भएर काम गरेका थिए । उनी १ वर्ष सुर्खेतमा रहँदा अपराध न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । लागुऔषध तथा चोरीका घटना नियन्त्रणमा महत्वपूर्ण योगदान गरेका थिए ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया