नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

काठमाडौं–नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।
यस इन्स्योरेन्सको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एकसमारोहका बीच यस इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले मोवाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरे । परिस्कृत र नयाँ सुविधाहरू सहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिने छ । ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेसन मार्फत लाभ लिन सक्नेछन् ।
एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफुलाई रजिस्टर गरि लग इन गर्न सकिनेछ । आफू अभिकर्ता वा बीमित छनोट गरि आफ्नो प्रोफाइल एड गर्न सकिने छ । एप्लिकेसनमा एकै जनाको एक भन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने छ । आफ्नो बीमालेख प्रोफाइलमा एड गरे पश्चात आफ्नो बीमा सँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाँउमा सरल तथा सहज तवरले प्राप्त गर्न सकिने कुरा इन्स्योरेन्सले जनाएको छ ।
साथै एपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारी मुलक, तथा मनोरन्जनात्मक श्रब्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिने छ ।
हाल इन्स्योरेन्सले ल्याएको एपलाई समयानुकूल स्तरवृद्धि गर्दै ग्राहकलाई जीवन बीमा सम्बन्धी सम्पूर्ण सुविधाहरु चुस्त दुरुस्त तरिकाले एकद्वार नीतिको अबलम्बन गर्दै सेवा प्रवाह गर्ने प्रतिबद्घता नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।
सूचना प्रविधिमा आएको परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रम संगसँगै नेपाललाइफका विभिन्न सेवा तथा सुविधाहरुलाई ग्राहक तथा अभिकर्ता समक्ष सहज, सुरक्षित एवं प्रभावकारी रुपमा उपलव्ध गराई कम्पनीको डिजिटल रुपान्तरणको लक्ष्य हासिल गर्न यो कदम फलदायी हुने इन्स्योरेन्सका प्रमुख सुचना प्रविधि अधिकृत शरद चन्द्र प्याकुरेलले जनाए। यस एपलाई ग्राहक तथा अभिकर्ताहरुको आवश्यकता अनुरुप क्रमश थप परिस्कृत तथा विकसित गर्दै लैजाने विषयमा नेपाललाइफ प्रतिबद्ध रहेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_2oYt1QA6tR_uqunishesnfnbritehieuqkywprfz35kmui7qvhud4vu8nd3qcmedtif0egd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया