भेरी नदीमा दुई युवक बेपत्ता

सुर्खेत- भेरी नदीमा वनभोज खान गएका सुर्खेतका दुई युवक बेपत्ता भएका छन् । आज भेरीगंगा–२ सत्तरी नजिकै पिकनिक गएका दुई युवक भेरी नदीमा बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिउँसो साढे १ बजे वनभोजकै क्रममा पौडी खेल्न गएका वीरेन्द्रनगर–३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी बेपत्ता भएका हुन् ।
उनीहरू लगायतको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए । बेपत्ता भएकाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया