यस्तो छ एमाले प्रदेश इन्चार्ज कँडेलको चुनावी प्रतिबद्धता

सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । आज पार्टीको कार्यालय सुर्खेतमा पत्रकार सम्मेलन गरेर कँडेलले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्रमा कँडेलले कर्णाली प्रदेश राजधानीलाई व्यवस्थित र आधुनिक शहर बनाउने योजनाहरु समेटेका छन् ।
समृद्ध नेपाल, सुखी नेपालीको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार मूल नारा सहितको २८ बँुदे प्रतिबद्धता पत्रमा प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्नका लागि मेडिकल कलेजको पूर्वाधार निर्माण, वीरेन्द्रनगर नगरमा साइन्स पार्क निर्माण, वीरेन्द्रनगरको चक्रपथको पूर्णता, १३२ केभिए विद्युत् लाइन प्रशारण लाइन विस्तार, खानेपानीको दीर्घकालीन समस्या समाधान, कोहलपुर–सुर्खेत खण्डलाई फोरलेनका रूपमा स्तरोन्नति, वीरेन्द्रनगरको गुरूयोजना, सुर्खेत विमानस्थलको स्तरोन्नति, जस्ता योजनाहरू समेटेका छन् ।
त्यस्तै उपत्यकाको ढल निकासका लागि गुरूयोजना बनाई कार्यान्वयन गर्न पहल गर्ने, वीरेन्द्रनगर नगरका विभिन्न क्षेत्रमा हाटबजार सञ्चालन गर्न पहल गर्ने, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासको समस्या सामाधानका लागि पूर्जा वितरणका लागि पहल गर्ने, हालको उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालयलाई स्वरोजगार तालिम केन्द्रको रूपमा विकास गर्ने लगायतका योजनाहरु रहेका छन्

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया