देउवा र प्रचण्डको दाबीः गठबन्धन १५ वर्षसम्म पनि कायम रहन्छ

सुर्खेत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन अझै १५ वर्षसम्म कायम रहने बताएका छन् । देउवाले देशको शान्ति र समृद्धिका लागि गरिएको गठबन्धनलाई विजयी गराउन सुर्खेतका मतदातामाझ आग्रह गरेका छन् ।
आज पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गरे । ‘ओलीजीले दुई पटक संसद् विघटन गर्नुभयो । संविधानको अंगभंग गर्ने काम गर्नुभयो, हामी संसद्को पूर्ण कार्यकाल राख्न चाहन्छौँ’ उनी भन्छन्, ‘माननीयहरुले आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद् विघटन गर्दैनौँ ।’ देउवाले संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले निर्वाचन जित्न आवश्यक रहेको औल्याए ।
सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको अहंकारका कारण वाम गठबन्धन टुटेको बताए । चुनावी सभालाई सम्बोधन गर्दै उनले वामपन्थीको गोलभित्र अंहकारी रूपमा ओली उदाएकाले वाम गठबन्धन टुटेको स्पष्ट पारेका हुन् । ‘अब धोकेवाजसँग कुनै समीकरण हुदैन’ प्रचण्डले भने, ‘गिरिजाप्रसाद कोइरालासँगै मैले १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेर जोडेको गठबन्धन हो यो चुनावसम्म मात्र होइन लामो समयसम्म कायम रहन्छ ।’
‘गठबन्धन १५ वर्ष जाने छ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुने’ उनले भने, ‘यो गठबन्धन संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरुलाई अगाडि बढाउनका लागि गरिएको गठबन्धन हो ।’देशमा राजनीतिक परिवर्तन अनुकुल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने पनि उनले बताए ।
प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको दाबी गरे । साथै संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिको लागि बनाइएको उनको भनाई थियो । उनले परिवर्तनलाई उल्टाउने प्रयास कसैले गर्न नसक्ने दाबी पनि गरे । उनले देशको रक्षाका लागि गठबन्धनको आवश्यक रहेको उल्लेख गरे ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया