हुम्लाको डाँफे मतदान केन्द्रमा मतदान स्थगित, विवाद मिलाउन छलफल

सुर्खेत- हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा मतदान स्थगित भएको छ ।
झडपमा परी त्यहाँ कार्यरत असई रामकुमार चौधरी घाइते भएका छन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार अहिले मतदान केन्द्रमा तनावपूर्ण अवस्था छैन । झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएर छलफल चलिरहेको छ ।
उक्त मतदान केन्द्रमा ८० प्रतिशत मत खसिसकेको परियारले बताइन् । जम्मा दुई सय ४२ मतदातामध्ये दुई सय मत खसिसकेको उनले जानकारी दिइन् ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया