ललितपुर-२ मा निर्वाचित भएपछि एमालेका महर्जनले भने : जनतासँग गरेका प्रतिबद्धता पूरा गर्छु

ललितपुर- ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार २५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले आठ हजार आठ सय ८६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले आठ हजार छ सय ६६ मत प्राप्त गरे ।
साथै, सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले आठ हजार दुई सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले छ हजार छ सय ४६ मत प्राप्त गरे । विजयी पछि महर्जनले आफूलाई जनताले विश्वास गरेको भन्दै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताए ।
ज्यापु समाजका अध्यक्ष समेत रहेका भाषा, धर्म , संस्कृति र कलाको विकासमा समेत योगदान दिएका छन् ।
उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गरी जुट्न कार्यकर्तालाई रास्वपाको आह्वान

रसुवामा बाढी : केन्द्रीय सुरक्षा समितिको बैठक १ बजे

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

उद्धार कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

उद्धार र राहतमा सक्रियतापूर्वक सहभागी हुन माओवादी कार्यकर्तालाई प्रचण्डको निर्दे…
आज संघीय संसद्का दुवै बैठक बस्दै

मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने

प्रतिक्रिया