तनहुँ २ प्रदेश (२) मा काङ्ग्रेसका जिल्ला सभापति आले विजयी

दमौली- तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी भएका हुन् ।
आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरेकाे तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । प्रतिस्पर्धी नेकपा एमाले का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गरे ।
प्रदेशसभामा निर्वाचित आले नेपाली काङ्ग्रेसका जिल्ला सभापति हुन् । सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिग्देलले यसपटक प्रदेशसभामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रदेशमा २९ हजार आठ सय ९८ मत खसेको थियो । यो प्रदेशमा ऋषिङ, घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिका पर्दछ
उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गरी जुट्न कार्यकर्तालाई रास्वपाको आह्वान

रसुवामा बाढी : केन्द्रीय सुरक्षा समितिको बैठक १ बजे

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

उद्धार कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

उद्धार र राहतमा सक्रियतापूर्वक सहभागी हुन माओवादी कार्यकर्तालाई प्रचण्डको निर्दे…
आज संघीय संसद्का दुवै बैठक बस्दै

मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने

प्रतिक्रिया