मनरासिस्वा नगरपालिकाले लागू गर्यो संस्कृत शिक्षा

महोत्तरी - मनरासिस्वा नगरपालिकाले संस्कार र संस्कृति रक्षाका लागि भन्दै आफ्नो पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू गरेको छ ।
नगर प्रमुख मोहन पाण्डेले आधुनिकताको नाउँमा पश्चिमा सभ्यता र शैली हाबी हुँदै गएकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि संस्कृत शिक्षा लागू गरेको बताए ।
नगरभित्र माध्यमिक तथा आधारभूत विद्यालय गरी जम्मा २३ सामुदायिक विद्यालय रहेकामा प्रत्येक विद्यालयमा चालु शैक्षिक सत्रदेखि नै संस्कृत शिक्षा लागू गरिएको प्रमुख पाण्डेले बताए । उनले २३ वटै विद्यालयका कक्षा एक देखि आठ सम्मका सम्पूर्ण विद्यार्थीले अनिवार्य रुपमा संस्कृत शिक्षा हासिल गर्नुपर्ने गरी प्रत्येक विद्यालयमा संस्कृत शिक्षा लागू गरिएको जानकारी दिए ।
प्रमुख पाण्डेले नगरभित्रका विद्यालयमा संस्कृत शिक्षा प्रदान गर्न यस विषयका २३ जना शिक्षक नियुक्त गरिएको र उनीहरुले नियमित रुपमा सबै विद्यालयमा संस्कृत विषयको पठनपाठन गराइराख्नुभएको बताए । यस पालिकामा सुरु गरिएको संस्कृत विषयको पठनपाठनबाट आगामी दिनमा यस विषयका जनशक्ति उत्पादन हुने पनि प्रमुख पाण्डेले विश्वास व्यक्त गरे । रासस

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

प्रतिक्रिया