प्रेम आले र माया राईले लिए प्रतिनिधिसभा सदस्यको शपथ

काठमाडौँ–नवनिर्वाचित सांसद् प्रेम आले र माया राईले मंगलबार प्रतिनिधि सभा सदस्यको शपथ लिएका छन् ।
मंगलबार संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाएका हुन् । आले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसद् हुन् भने राई नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।
प्रतिनिधिसभाका अन्य सदस्यहरूले शपथ लिइसकेका छन् । आले र राई सपथ ग्रहण कार्यक्रममा छुटेकाले आज उनीहरूलाई शपथ खुवाइएको हो ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया