लाइन मुक्त देश हाम्रो संकल्प हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाइनमुक्त देश आफू नेतृत्वको सरकारको संकल्प भएको बताएका छन् । मंगलबार प्रधानमन्त्रीको रुपमा विश्वासको मत माग्दै उनले सरकारी कार्यालयमा अब नागरिकले लाइन बस्नुनपर्ने वातावरण मिलाउने बताएका हुन् ।
‘राहदानी लिन बिहान दुई बजेदेखि लाइन बस्नु परेपछि नागरिकले कसरी राज्यमाथि विश्वास गर्छन्,’ उनले भने, ‘अहिलेकै गतिमा काम हुने हो भने कति समयमा तीन करोड नेपालीले परिचय पत्र पाउँछन् । सवारी साधनको लाइसेन्स लिन कति समय लाग्ने हो ? सरकारी अस्पतालमा नाम दर्ता गर्नै किन यत्रो लाइन ? मैले सचिवज्यूहरुलाई भनिसकेको छु । नीतिगत समस्या समाधानको जिम्मा म लिन्छु । बाँकी तपाईहरुले लिनुपर्छ भनेको छु । लाइनमुक्त देश हाम्रो संकल्प हो ।’
देशका हरेक नागरिकलाई यो सरकार मेरो अभिभावक भन्ने बनाउने पनि उनले बताए । ‘देशका हरेक नागरिकलाई लागोस् यो सरकार मेरो अभिभावक हो,’ उनले भने, ‘सरकार मेरो पक्षमा छ ।’

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया