स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलको सेवा सुरु

कैलाली । धनगढी उपमहानगरपालिका ३ चटकपुरमा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलले आफ्नो सेवा सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म उपलब्ध नरहेका स्वास्थ्य सेवाहरुसहितका बिशेषज्ञ सेवाहरु आजदेखि सुरु भएको हो ।
अस्पतालले आजदेखि ईमरजेन्सी, फार्मेसी, प्रयोगशालासहितका केही बिशेषज्ञ सेवाहरु सुरु गरेको छ । बाँकी बिशेषज्ञ सेवाहरु पनि छिट्टै सञ्चालनमा ल्याइने अस्पतालका अध्यक्ष महेश जोशीले जानकारी दिए ।
२५ शैय्याको अस्पतालमा आईसियू, एनआईसियु, पिआईसियु, सिटि स्क्यानका साथै हाडजोर्नी तथा नशारोग विशेषज्ञ, फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधिबाट सर्जरी विशेषज्ञ, मेरुदण्डको जटिल शल्यक्रिया बिशेषज्ञ, जनरल मेडिसिन (पेट, छाती, मुटु, सुगर, प्रेसर) विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, युरोलोजी लगायतका विशेषज्ञ सेवाहरुहरु सञ्चालनमा आएका छन् ।
यसका साथै यसक्षेत्रमा नभएका मुटु र क्यान्सर रोगका साथै टेष्ट ट्युव वेबी र प्लाष्टिक सर्जरी सेवालाई धनगढीमा ल्याएको अस्पतालले यी सेवाहरु पनि सञ्चालनको तयारीमा रहेको जनाएको छ । मुटुरोग र क्यान्सर रोग सम्बन्धीको विशेषज्ञ सेवा र जटिल प्रकृतिका शल्यक्रियाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहदै आएकोमा अब यी सेवाहरु पनि धनगढीमै पाईने र ती सेवाहरु सुचारु गर्नका लागि काम भईरहेको अस्पतालका अध्यक्ष जोशीले बताए ।
अस्पतालमा मुटुको भल्भ बन्द भएको पत्ता लगाउने एबीपि, टिएमटी हल्टर सेवा, स्तनको क्यान्सरको रोग पत्ता लगाउने म्यामोग्राम सेवा, दाँतको अत्याधुनिक एक्सरे (ओपीजी) सेवा, टेष्ट ट्युब बेबी/आईभिएफ तथा अंकोलोजी सेवाहरु पनि दिनेछ । जसबाट यहाँका विरामीहरु लाभान्वित हुने अपेक्षा अस्पतालले राखेको छ । ती उपचार सेवा पाउनका लागि पनि महँगो शुल्क तिर्नु नपर्ने स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलका अध्यक्ष महेश जोशीले बताए ।

जडीबुटीका विरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र

तरकारी खेतीबाट टोलकै महिला आत्मनिर्भर
कञ्चनपुर कारागारमा क्षमताभन्दा धेरै कैदी

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

डोटीका ११.६८ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

प्रतिक्रिया