आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने

फाइल फोटो

काठमाडौँ - नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको छ । चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै संघले देशभरको स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको हो ।

संघले आज एक विज्ञप्ति जारी गर्दै देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका समय वीर अस्पतालको पेटीमा हिडिरहेको राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनियलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको थियो ।