मुगुका चार हजार विद्यार्थीको निःशुल्क आँखा तथा कान परीक्षण

मुगु । मुगुमा चार हजारभन्दा बढी विद्यार्थीको नि:शुल्क आँखा तथा कानको जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ मुगु, आँखा उपचार केन्द्रले मुगुमा ४ हजार १८१ विद्यार्थीको निःशुल्क आँखा तथा कान परीक्षण गरेको हो ।
किर्डाक नेपाल विश्व शिक्षा र युनिसेफको सहयोगमा सञ्चालित प्रारम्भिक कक्षा सिकाई कार्यक्रमअन्तर्गत केही दिनदेखि सञ्चालन गरिएको कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको आँखा र कान परीक्षण गरिएको हो ।
मुगुको चार स्थानीय तह छायाँनाथ रारा नगरपालिका, मुगम कार्मारोङ, सोरू र खत्याड गाउँपालिकामा रहेका सम्पर्ण १४० विद्यालयमा १ देखि ३ कक्षासम्मका बालबालिकाहरुको आँखा र कान परीक्षण गरिएको नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया