आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

दुई महिना अघि बाँकेमा देखिएकाे दादुरा संक्रमण ९ जिल्लामा पुग्याे

फाइल तस्बिर

काठमाडौं-  गत पुसको दोस्रो साता बाँकेमा देखा परेको दादुरा संक्रमण हाल ९ जिल्लामा देखा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख भरत भण्डारीका अनुसार ९ जिल्लामा हालसम्म ६०१ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ ।

उनका अनुसार बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर, महोत्तरी, मोरङ, दैलेखमा पनि दादुरा संक्रमण फैलिएको हो ।

उनका अनुसार सबैभन्दा बढी बाँकेमा ३२२ जना र महोत्तरीमा १०१ जना संक्रमित देखा परेका छन् । दादुरा भएकामध्ये ८७ प्रतिशत बालबालिका १५ वर्षमुनिका रहेका छन्, जसले दादुरविरुद्ध खोप लगाएका थिएनन् । सन् २०१९ मै दादुरा उन्मूलन गर्ने लक्ष्य भए पनि पछि नेपाल सरकारले त्यसको समयसीमा बढाएर सन् २०२३ सम्म सारेको छ ।

यनिसेफका अनुसार दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाइरसका कारणबाट हुन्छ ।  यी रोगहरू सामन्यतया ५ वर्षमुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीकाे रूप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू हुनुका साथै मृत्यु समेत हुनसक्छ ।