सुनसरीको बर्जुमा फैलियो दादुरा
एकसाथ १० हजार बालबालिकालाई खोप लगाइँदै

काठमाडौँ- सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ ।
दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजिटिभ पाइएका हुन् । बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन् । जसमध्ये केही वयस्क व्यक्ति समेत रहेका छन् ।
यो सँगै गाउँपालिकाको एकै स्थानमा एकसाथ ५ जना बढी दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपतकालीन कार्य योजना अघि बढाएको छ । प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय निकायसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए ।
उनले दादुरा अति संक्रमित रोग भएकाले एउटै क्षेत्रमा ५ जना पुष्टि भए यसलाई महामारीका रूपमा लिइने बताए । उनले यसलाई रोक्नका लागि ६ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिहरूलाई अघि सारेको बताए ।
२९ जना पोजिटिभ केस फेला परिसकेको बर्जुमा थप केही शंकास्पद केस परीक्षणका क्रममा रहेकाले संख्या थप बढ्नसक्ने स्वास्थ्य कार्यालय सुनसरीको अनुमान छ । दादुरा तीब्र संक्रमण फैलने र जटिल प्रकृतिको रोग भएकाले फैलन नदिन रोकथामका सबै उपाय अविलम्ब अवलम्बन गर्न लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयका अनुसार बर्जुका सबै ६ वटै वडाहरूमा फागुनको १६ गतेबाट एकसाथ दादुराविरुद्धको खोप अभियान सञ्चालनमा ल्याइने छ । अभियानमा ६ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई दादुराविरुद्धको खोप लगाउने गरी तयारी थालिएको कार्यालयले जनाएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया