काठमाडौँ विश्वविद्यालय हल्ट प्राइजको फाइनल रिभाइबलले जित्यो

काठमाडौँ- हल्ट प्राइजको फाइनल रिभाइबलले जितेको छ । काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको हल्ट प्राइजमा सहभागी पाँच फाइनल टोली मध्ये रिभाइबल पहिलो भएको हो भने इको एम्स टोली दोस्रो भएको छ ।
काठमाडौँ विश्वविद्यालयका ५ फाइनल टोलीले रिडिजाइनिङ फेसन विषयमा आफ्ना व्यावसायिक विचारहरू राखेका थिए । हल्ट प्राइज एक विश्वव्यापी सामाजिक उद्यमशीलता प्रतियोगिता हो ।
विजेता टोलीले विश्वका विभिन्न ८ सहरमा आयोजना हुने हल्ट प्राइजको क्वार्टर फाइनल खेल्न पाउने छ ।
काठमाडौँ विश्वविद्यालयले आईईसी कलेज अफ आर्ट एन्ड फेसनको सहकार्यमा २६ फेब्रुअरी २०२३ मा विश्वविद्यालय परिसरमा हल्ट प्राइजको फाइनल भव्य रूपमा आयोजना गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा होन्डाका अध्यक्ष सौरभ ज्योति उपस्थित थिए । यस्तै आइडिया स्टुडियो नेपालका कार्यकारी निर्देशक प्रो. डा. छिरिङ लामा, काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार प्रो. डा. अच्यतु वाग्ले, विद्यार्थी कल्याण निर्देशनालयका सह–निर्देशक तथा काठमाडौं विश्वविद्यालय र हल्ट प्राइज केयूका सल्लाहकार ए. प्रो. डा. सुशील श्रेष्ठ लगायतको उपस्थिति थियो ।

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

प्रतिक्रिया