नेपाल क्लियरिङ्ग हाउसमा दुई सञ्चालक नियुक्त

काठमाडौँ- नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा वाणिज्य बैंकहरूका तर्फबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई सञ्चालक पदमा नियुक्त गरिएको छ । चैत १४ गते बसेको एनसीएचएलको २०६ औँ सञ्चालक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो ।
त्यस्तै स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दहाललाई पनि नियुक्त गरिएको छ ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरू मार्फत प्रवर्द्धित कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ । एनसीएचएलले राष्ट्रियस्तरको भुक्तानी प्रणालीहरू स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया