'बजेट माग्छन्, काम गर्दैनन्'

तुलसीपुर- बजेट माग्ने तर विकास गर्दा विवाद गर्ने प्रवृत्ति बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार पहिले विकासका लागि बजेट माग्ने र पछि बजेट परेपछि विकास गर्न नदिने प्रवृत्ति बढेको बताइन् ।
“पहिले बजेट चाहियो भन्नुहुन्छ, हामीले बजेट हाल्दिन्छौँ”,उनले भनिन्,“बजेट परेपछि कसैले जग्गा दिदैँनौँ भन्नुहुन्छ, कसैले केही भन्नुहुन्छ, अनि विकास रोकिन्छ ।” पछिल्लो समय उपमहानगरपालिकाको न्यायिक समितिमा यस्ता धेरै विवाद आउने गरेको उनको भनाइ छ ।
दैनिक चार/पाँचवटा यस्ता मुद्दा आउने गरेको उनको भनाइ छ ।“आजभोलि दिनदिनै यस्ता केश हामीकाहाँ आउने गरेका छन्”,उनले भनिन् “दैनिक ४/५ वटा केशहरु मिलाएर पठाउने गरेका छौँ ।” विकासमा कोही पनि बाधक हुन नहुने उनको भनाइ छ । स्थानीयले सहयोग नगर्दा धेरै ठाउँमा सडक बीचमा रुख हुने, पोल हुने जस्ता समस्याहरु रहेका छन् ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया