आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

ऋणीको घरमै सेक्यूरिटी गार्ड राखेर एनआइसी एशिया बैंकले दियो मानसिक यातना

सात दिने ताकेता, ३५ दिने लिलामी पत्र र पत्रिकामा चारपुस्ते छाप्ने चेतावनी

विराटनगर - ‘बैंक पनि, साथी पनि’ भन्ने नारा राखेको एनआइसी एशिया बैंकले आर्थिक मन्दीले थलिएका ऋणीहरुका घरैमा सेक्यूरिटी गार्डको पालेपहरा राखेर थप मानसिक यातना दिएको छ । सुनसरी र झापाका दुई ऋणीहरुका घरमै सेक्यूरिटी गार्ड पठाएर बैंकले ऋणीहरुमाथि साँवा ब्याज भुक्तानीका लागि दवाव दिएको हो ।

इटहरी उपमहानगरपालिका–४ स्थित घरको मुल गेटमै चार दिनदेखि बैंकले सेक्यूरिटी गार्ड राखिदिएपछि विक्षिप्त बनेका इटहरीका मुर्तिकार विक्रमश्री (विक्रम तिम्सिना) ले आफूलाई एकैदिन सात दिने ताकेता पत्र, ३५ दिने सूचना थमाएको र चार पुस्ते विवरण पनि पत्रिकामा छाप्ने धम्की दिएको गुनासो गरे ।

उनले चैत मसान्तभित्र करिब २ लाख ६२ हजार रुपैयाँ किस्ता तिर्दा हुने अवस्थामा बैंकले ढोकामै सेक्यूरिटी गार्ड राखेर आफ्नो बदनाम गर्न खोजेको बताए । आफूले किस्ता तिर्नका लागि अनेकौं प्रयास गरिरहेको जानकारी गराउँदा पनि बैंकले आफ्ना विरोधी र झगडियाहरुलाई प्रयोग गरेर गलत प्रचार गराउने लगायतका कार्य समेत गरेको दाबी गरे ।

‘बैंकसँग मेरो कारोबार पनि औषत रुपमा क्लियर नै छ, चैत मसान्तमा मैले २ लाख ६२ हजार जति किस्ता तिर्दा पुग्छ पनि, तर मेरो घरको मूल ढोकामा चार दिनदेखि सुरक्षागार्ड पठाइयो’ उनले भने, ‘म भोलि एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन ढाका जानुपर्छ, घरमा सुरक्षागार्ड बसेपछि मलाई साह्रै अप्ठेरो परेको छ, यतिसारो त गर्नुहुन्न थियो ।’ 

उनले आफुलाई एकैचोटी सात दिने ताकेता पत्र, ३५ दिने लिलामी पत्र र पत्रिकामा चारपुस्ते छाप्ने गरी विभिन्न कागजपत्र पठाएको गुनासो गरे । बैंकका कर्मचारी आएर अनावश्यक रुपमा फोटो खिचेर मानसिक यातना दिइरहेको बताए ।

चार दिनदेखि सुरक्षागार्ड घरमा आएपछि विक्रमश्रीले बुधबार १० बजेर २२ मिनेटमा आफ्नो फेसबुकमार्फत घटना सार्वजनिक गरेका हुन् ।

‘समयमा किस्ता बुझाउन खोज्दाखोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु, भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरुका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशमै आएको आर्थिक मन्दीजस्ता कारणले गर्दा हामी जस्ता स्वावलम्बी सिर्जनशील सर्जकहरुले सजिलो गरि बैंकलाई किस्ता बुझाउन सकि रहेका छैनौं’ उनले लेखेका छन्, ‘बैंकले ऋणीमैत्री व्यवहार गरेको छैन, आवश्यकताभन्दा बढी फोन गर्ने, भेट्ने हतारो गराउने, एकै दिन एकै पटक सात दिने, ३५ दिने र घर लिलाम गर्ने पत्रिकामा छाप्ने तीनपुस्ते तैयारीको सूचनाको पत्रसहित घर अगाडि मूल ढोकामा एक्कासी गार्ड राख्दा अनेकौं प्रश्न उब्जिएका छन्, बैंकले मेरो सम्बन्ध राम्रो नरहेका आफन्तलाई प्रयोग गरेको छ ।’

उनले बैंकले घरमा पठाएको गार्डको भने राम्रो रेददेख गरिदिएको र समयमा किस्ता बुझाउनका लागि प्रयास पनि गरिरहेको बताए । 

एनआईसीले मंगलबार झापाको दमक नगरपालिका–५ का दुर्गाप्रसाद कँडेलको घरमा पनि एक जना सुरक्षागार्ड राखिएको भिडियो सार्वजनिक भएको थियो । तीन दिनदेखि घरको गेटमा दिनभरी सुरक्षा गार्ड बस्न थालेपछि उनी घरैभित्र नजरबन्द जस्तै बनेका थिए । 

उनले व्यवसायमा देखिएको समस्याले पछिल्लो तीन महिनाको किस्ता बुझाउन नसकेको बताएका छन् । तर बैंकले भने सुरक्षागार्ड नै खटाइदिएपछि आफू आश्यर्चचकित बनेको बताए ।

‘मैले एक करोड रुपैयाँ ऋण लिएको हो, साँवा ब्याज गरेर ९७ लाख रुपैयाँ तिर्न बाँकी छ’ उनले भने,  ‘केही दिन पर्खिदिनु, मैले साँवा ब्याज कति सकिन्छ तिर्छु भनेकै थिएँ, आफ्नो समस्या जानकारी गराउँदा पनि घरमा आएका पाहुनालाई समेत बेइज्जत गराउनु खोज्नु मेरो लागि सारै दुखको बिषय हो, समाजमा अरुले देख्दा पनि मलाई सारै नराम्रो भयो ।’

एनआइसी एशिया बैंकले कोशी प्रदेशमा ६१ शाखा तथा ८ वटा विस्तारित काउण्टर संचालन गर्दै आएको छ । त्यसैगरी ६५ एटीएम र ३० वटा शाखारहित बैंकिङ सेवामार्फत सात लाख बढी ग्राहकको पहुँचमा पुगेको दाबी गर्दै आएको छ ।

एन आई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सहकार्य, ग्राहक महानुभावहरुलाई डिजिटल भुक्तानीमा १० प्रतिशत छुटको व्यवस्था

एन आई सी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सहकार्य, ग्राहक महानुभावह…

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा विशेष छुट

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा वि…

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्तार

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…