शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

नेपाली बजारमा २५ औँ वर्षको सफल लिडरसीप मनाउँदै बजाज

काठमाडौँ - नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आफ्नो रजत जयन्तीको अवसरमा “लिडरसीपको २५ वर्ष : बजाज लिडर्स मिट–२०२३” सफलतापूर्वक मनाएको छ । सन् १९९८ मा नेपाली बजारमा प्रवेश गरेदेखि हाइ–पर्फर्मेन्स मोटरबाइकहरु सुपथ मुल्यमा उपलब्ध गराउँंदै आएकोले अहिले बाइक भन्नासाथ बजाज सम्झिने जमात नै बनिसकेको छ । 

८ लाख भन्दा बढी नेपाली ग्राहकहरुको मन जित्न सफल बजाजका बाइकहरु पनि नेपालमै असेम्बल हुने गरेका छन् । नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल असेम्ब्ली प्लान्ट हुलास अटो क्राफ्टले नेपालमै बजाज मोटरसाइकलहरु असेम्बल गर्दै आएको छ । विगत २५ वर्षदेखि बजाज बाइकले नयाँँ–नयाँँ र उत्कृष्ट डिजाइनहरुको साथ नेपाली ग्राहकहरुको मन जित्दै नेपालीहरुको विश्वसनीय ब्रान्डको रूपमा स्थापित भएको छ । त्यस्तै बजाजले नेपाली अटो उद्योगमा निरन्तर रुपमा नयाँँ प्रविधी र डिजाइन युक्त मोटरसाइकलहरु ल्याउँदै नयाँ बेन्चमार्कहरू स्थापित गर्दै आएको छ । मोटरसाइकल र तीन पाङ्ग्रे अटो लगायतका सवारीसाधनहरुको विभिन्न मोडलहरु उत्पादन गर्दै आएको बजाजसँग हरेक उपभोक्ताहरुको आवश्यकता अनुसारको सवारी साधनहरु रहेका छन् ।

उक्त अवसरमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का निर्देशक अभिमन्यु गोल्छाले भने, “नेपालको अटोमोटिभ उद्योगमा बजाजको २५ औँ  वर्षको रजत उत्सव मनाउन पाउँदा हामीलाई निकै खुशी लागेको छ । आफ्नो स्थापनाकालदेखि आज सम्म आइपुग्दा हामीले धेरै लामो यात्रा तय गरेर आएका छौं, र हामीले जे हासिल गरेका छौं त्यसमा मलाई निक्कै गर्व छ । हाम्रा कर्मचारीहरू र डिलरहरूको कडा परिश्रम र समर्पण एवम् हाम्रा ग्राहकहरूको अपार माया र निरन्तर साथले गर्दा नै यो सम्भव भएको हो र यसको लागि म वँहाहरु सबैलाई लागि धन्यवाद दिन चाहन्छु ।”

बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुको साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि यसकै छ । उत्कृष्ट रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरू, स्पेयर पार्टसहरुको सहज उपलब्धता र उपभोक्ता–मैत्री नितीहरुले गर्दा बजाजका मोटरसाइकलहरु बजारमा सर्वाधिक लोकप्रिय छन् । नवीनता, गुणस्तर र सुपथ मुल्य जस्ता कारणहरुले विगत २५ वर्षदेखि बजाजले नेपालको अटोमोटीभ उद्योगमा लिड गर्दै आइरहेको छ ।

साथै बजाजले नयाँँ वर्ष २०८० को अवसर पारेर नव–वर्ष २०८० क्याम्पेन पनि लन्च गरेको छ जसअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरहरुबाट मोटरसाइकल खरिद गर्ने २५ जना उपभोक्ताहरुले २५% सम्म डाउन पेमेन्ट, रु. १०,००० सम्मको स्योर–शट क्यास डिस्काउन्ट, एक किलो चाँदी पनि जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।
 

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…